माडीको साेमेश्वर सामुदायिक बनबाट भारीमा दाउरा ल्याउन खुला

295
SwadeshPost

माडीको बघौंडा मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितिले बुधबारदेखि भारीमा दाउरा ल्याउन खुला गरेको छ । तीन दिनसम्मका लागि सोमेश्वर सामुदायिक बन अन्तरगत बघौंडा मध्यवर्ती सामुदायिक बन उपभोक्ता समितिको क्षेत्रमा भारीमा बोकी ल्याउन चाहनेहरुका लागि सुकेका जर्ना दाउरा ल्याउन खुला भएको हो ।

दाउरा ल्याउन २५ रुपैंयाको टिकट काट्नुपर्ने र सो टिकट जंगल प्रवेश गर्ने नाकाहरुमा रहेका समितिका प्रतिनिधीहरुबाट प्राप्त गर्न सकिने जनाइएको छ । जर्ना दाउरा ल्याउनका लागि जंगलभित्र बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म मात्र रहने पाइने बघौंडा मध्यवर्ती उपभोक्ता समितिका कार्यालय सचिव बलिराम महतोले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

SwadeshPost