माडीका माध्यमिक विद्यालयहरुको खेलकुद सञ्चालनका लागि खेलकुद सञ्चालन समिति गठन

425
SwadeshPost

माडी नगरका माध्यमिक विद्यालयहरुको खेलकुद सञ्चालनका लागि बुधबार माडी नगर माध्यामिक विद्यालय स्तरीय खेलकुद सञ्चालन समिति गठन गरिएको छ । माडीकै चर्चित भलिबल खेलाडी समेत रहनुभएका माडी माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक चोकलाल (राजन) काफ्लेको संयोजकत्वमा गठित सो समितिको सह–संयोजक फुटबल खेलाडी समेत रहनुभएका जनकल्याण मा.वि.का शिक्षक कृष्ण चौधरी रहनुभएको छ । समितिका सदस्यहरुमा सोमेश्वर मा.वि.का शिक्षक केवल महतो र चन्द्रमणी महतो, खैरहनी मा.वि.का शिक्षक माधव बस्नेत, कृष्णनगर मा.वि.का शिक्षक शालिकराम सुवेदी, जनजीवन मा.वि.का शिक्षक मेघनाथ गौतम, दिवाकर स्मृति विद्यालयका शिक्षक युवराज सुवेदी र माडी मा.वि. का शिक्षक कृष्ण महतो रहनुभएको छ । त्यस्तैगरी श्रोत व्यक्ति टंक न्यौपाने समेत ९ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको शिक्षक माधव बस्नेतले स्वदेश एफ.एम. लाई जानकारी दिनुभयो ।

यसैबिच, माडी नगरका माध्यामिक विद्यालयहरुको खेलकुद संचालनको लागि माडी नगर खेलकुद समितिको आर्थिक सहयोगमा आउँदो कार्तिक १३, १४ र १५ गते विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । माडी माध्यमिक विद्यालय, बसन्तपुरमा सञ्चालन हुने सो प्रतिस्पर्धामा भलिबल, कपर्दी र एथ्लेटिक्स लगायतका खेलहरु समावेश हुने जनाइएको छ ।

SwadeshPost