माडीमा हुने क्लब च्याम्पीयनशीप भलिबल प्रतियोगिताको तयारी तीब्र

144
SwadeshPost

आउँदो माघ १६ गतेबाट माडीमा सञ्चालन हुने राष्ट्रियस्तरको क्लब च्याम्पीयनशीप भलिबल प्रतियोगिताको तयारी तीब्र पारिएको छ । युवा, खेलकुद तथा साँस्कृतिक समिति, माडीको आयोजना तथा माडी नगरपालिकाको प्रवर्द्धनमा सञ्चालन हुने सो प्रतियोगिताको व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु गठन गरी तयारी अगाडी बढाइएको हो ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, महेन्द्र पुलिस क्लब, एपिएफ क्लब, काभ्रे भलिबल क्लब, पूर्वाञ्चल भलिबल क्लब, मणिमुकुन्द भलिबल क्लब बुटबल, प्रदेश ४ भलिबल क्लब र चुलो भलिबल क्लब नारायणगढ सहभागी हुने जनाइएको छ । माघ १७ गते पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष एवं माडीका साँसद पुष्पकमल दाहालले औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको सो प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो पुरस्कार क्रमशः रु. २ लाख, १ लाख र ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ ।

यसैबिच, आउँदो फाल्गुन १ गतेबाट माडीमा दोस्रो मेयरकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । माडी नगर खेलकुद तथा सांस्कृतिक बिकास समितिको आयोजना तथा माडी नगरपालिका वडा न २ को सह-आयोजनामा प्रतियोगिता गरिने भएको हो ।

SwadeshPost