माडी-१ वडा कार्यालयले मिनि रंगशाला र ल्याण्डफिल साइट सहितका योजना समेटी बजेट माग

228
SwadeshPost

२०८० बैशाख २१ गते, चितवन । माडी-१ वडा कार्यालयले मिनि रंगशाला र ल्याण्डफिल साइट सहितका योजना समेटी संघीय र प्रदेश सरकार समक्ष बजेट माग गरेको छ ।

वडा कार्यालयबाट नगर कार्यपालिकालाई सिफारिस भई आगामी आर्थिक बर्ष २०८०/८१ का लागि माग भएका योजनाहरुमा स्टार स्पोर्टस् मिनि रंगशालाका लागि ७ करोड र ल्याण्डफिल साइटका लागि २ करोड रहेका छन् ।

त्यस्तै त्रिवेणी झोलुंगे पुलदेखि बाल्मीकि आश्रम पुग्ने बाटो निर्माणका लागि २ करोड, गर्दी स्वास्थ्य चौकी भवन निर्माणका लागि २ करोड, बृहत् कुलो लाइनिङका लागि २ करोड, बृहत् कृषि सडक कालोपत्रेका लागि २ करोड र रेवा नदी शवदाह निर्माणका लागि १ करोड रुपैंया बजेट माग रहेको छ ।

त्यसैगरी, गोद्धकधाम संरक्षण र निर्माणका लागि ३ करोड, बाबुराम महतोको घरदेखि सिकारीपुरसम्म सडक कालोपत्रेका लागि २ करोड, कुलो चोकदेखि सिकारीपुर आधारभूत विद्यालयसम्म सडक कालोपत्रेका लागि २ करोड सागै वडा कार्यालयको भवन निर्माणका लागि पनि बजेट माग रहेको छ ।

SwadeshPost