चितवन । नेकपा एमाले माडी नगरले केन्द्रीय पार्टी कार्यालय निर्माणका लागि पार्टी सदस्यहरुबाट एकसय रुपैंया अभियान सञ्चालन गर्ने भएको छ ।
एमाले माडी नगरको बैठकले एमाले केन्द्रीय कमिटिको निर्देशन र चितवन जिल्ला कमिटिको सर्कुलर अनुसार केन्द्रीय पार्टी कार्यालय भवन निर्माणमा सघाउन नगरका सबै पार्टी सदस्यहरुबाट प्रतिव्यक्ति एक सय रुपैंया संकलन गर्ने साथै माडी नगरको रोकिएको तेश्रो अधिवेशन आउँदो मंसिर मसान्तभित्र सम्पन्न गर्ने निणर्य गरेको हो ।
त्यसैगरी, कार्तिक १३ गते जिल्ला पार्टी कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा माडीबाट ३०० जना कार्यकर्ता उतार्ने, पार्टी सदस्यहरुको अनलाइन तथ्याङ्क सत प्रतिशत पुरा गर्ने, नगर कमिटिको लेखा परीक्षण गर्ने, जिल्ला पार्टीद्वारा आयोजित देउसी भैलो कार्यक्रमलाई नगरले सहयोग तथा सहकार्य गर्ने समेत निणर्य गरेको एमाले नेता सुर्य भट्टराईले जानकारी दिनुभयो ।