चितवन । माडी-५ नयाँपिपरियास्थित ग्रीन पिस युथ क्लबको अध्यक्षमा ऋषिराम चापागाईं चयन हुनुभएको छ ।
निष्कृय रूपमा रहेको ग्रिनपिस युथ सोसाइटी (हरियाली शान्ति युवा समाज)लाई नाम परिवर्तन गरी ग्रिनपिस युथ क्लब कायम गरी चापागाईंको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति पुनर्गठन गरिएको क्लबले जनाएको हो ।
संस्थाको उपाध्यक्षमा शिला पाठक र प्रकाश अर्याल, सचिवमा शंकर दुबे, सहसचिबमा ज्योति श्रेष्ठ र कोषाध्यक्षमा किशोर पौडेल उपाध्याय रहनुभएकोछ । त्यसैगरी सदस्यहरुमा कमल पराजुली, सुदिप पराजुली, जिवन चापागाईं, गौरव रेग्मी र सुस्मिता रिजाल रहनुभएको छ ।
यसैबिच, पुनर्गठित क्लबले तिहार पर्वको अवसर पारी बृहत् साँस्कृतिक कार्यक्रम आयोजना गरेको जनाएको छ । आउँदो कार्तिक १७ गते शनिवार गायक विकास पाण्डे र संजय बराल, गायिक किरण सिर्पाली, हाँस्य कलाकार भुपराज पाठक एवं नृत्याङ्गनाहरु श्रृषा बसेल र खुसी खड्का लगायतको प्रस्तुति रहने अध्यक्ष चापागाईंले बताउनुभयो ।