मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडी-३, गुल्मेली टोलमा गरिएको कालोपत्रे गुणस्तरहीन रहेको भन्दै स्थानीय टोलबासीको आपत्ति

  • A
  • A+
  • A++

माडी, चितवन । माडी-३, ईनारबरुवा (गुल्मेली टोल)मा गरिएको कालोपत्रे गुणस्तरहीन रहेको भन्दै स्थानीय टोलबासीले बिरोध सहित आपत्ति जनाएका छन् ।

विज्ञापन १

कालोपत्रे गरेको स्थानमा अलकत्रा सहितको गिट्टी (अस्फाल्ट कंक्रिट) बुर्बुर उप्किरहेको देखाउँदै स्थानीयबासीले झारा टार्नेगरी न्यून गुणस्तरको कालोपत्रे भएको बताएका हुन् । गुणस्तरहीन काम नगर्न टोलबासी र वडाध्यक्ष पुरन महतोको अनुरोध समेत ठेकदार पक्षले वेवास्ता गरेको स्थानीयले बताए ।

विज्ञापन २

रातीको २ बजेसम्म कालोपत्रे गरिँदा तापक्रम घटेर चिसिइसकेको (जमेर डल्ला परिसकेको) अस्फाल्ट कंक्रिट हालिएको र आफूहरुले बिरोध गर्दासमेत ठेकदार पक्षले कुनै सुनुवाई नगरेको गुल्मेली टोल विकास संस्थाका अध्यक्ष जीवलाल ढकालले बताउनुभयो ।

विज्ञापन ३

कालोपत्रेका लागि प्राइम छर्किएको महिनौं दिनसम्म त्यस्सै छाडेर पछि धुलोमैलो र माटो मिसिएको प्राइममाथि रातारात कालोपत्रे गरिएको माडी ३ का वडाध्यक्ष पुरन महतोले बताउनुभयो । निर्माणस्थलमा भेटिएका ठेकदार कम्पनीका प्राविधिकले भने सो स्थानमा गल्ती स्वीकार्दै २ दिनभित्रै कालोपत्रे मर्मत गर्ने बताए । सघन शहरी तथा भवन निर्माण आयोजनाको बजेटबाट सो कालोपत्रे भएको हो ।

तपाईको प्रतिक्रिया