आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

चितवन खबर पोष्ट

माडी उद्योगी व्यवसायीहरुका लागि एक दिने करदाता शिक्षा कार्यक्रम सञ्चालित

  • A
  • A+
  • A++

माडी, चितवन । माडी क्षेत्रमा पसल, व्यवसाय र घरेलु तथा साना उद्योग सञ्चालन गरिरहेका उद्योगी व्यवसायीहरुका लागि कर सम्बन्धी आधारभूत प्रशिक्षण (करदाता शिक्षा) कार्यक्रम सञ्चालन भएको छ ।

विज्ञापन १

आन्तरिक राजश्व कार्यालय भरतपुरले प्रत्येक वर्ष मनाउने कर सप्ताह अन्तरगत यस बर्ष सो कार्यालय र उद्योग वाणिज्य संघ चितवनको आयोजना र उद्योग बाणिज्य संघ माडीको समन्वयमा माडी क्याम्पसको सभाहलमा कर सम्बन्धी अन्तरक्रिया तथा करदाता शिक्षा कार्यक्रम सञ्चालन भएको हो ।

विज्ञापन २

उ.वा.संघ चितवनका बरिष्ठ उपाध्यक्ष चीरञ्जीवि सुवेदीको अध्यक्षता र माडी नगरप्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमा आन्तरिक राजस्व कार्यालय चितवनका कर अधिकृत बिमल पौडेल र शुरेस बराली एवं चार्टड एकाउण्टेन्ट सुमित कँडेलले कर व्यवस्था तथा छुट सम्बन्धी प्रशिक्षण दिनुभएको हो ।

विज्ञापन ३

उद्योग बाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्यले स्वागत गर्नुभएको सो कार्यक्रममा माडीभरीबाट करीब ११५ जना करदाता उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया