आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

कृषि र कृषक पोष्ट

भालुले माडी-१ बरुवाका मौरीपालक कृषक भरत ढकालको २१ घार मौरी विनाश

  • A
  • A+
  • A++

माडी, चितवन । वनबाट निक्लिएको भालुले चरनको अवस्थामा रहेको माडी बरुवाका मौरीपालक कृषक भरत ढकालको २१ घार मौरी विनाश गरेको छ । माडी-५, राधापुरस्थित एग्रो नाइन कम्पनीको तोरीबारीमा चरनका लागि राखिएको २१ घार मौरी भालुले आइतबार राती पूणर्रुपमा विनाश गरेको युवा कृषक ढकालले जानकारी दिनुभयो ।

विज्ञापन १

भालुले ७ देखि १० वटासम्म फ्रेम रहेका काढ्ने बेलाका २१ घार मौरी र मह खाएर तथा त्यसका घारसमेत विनाश गर्दा करीब ३ लाख ७० हजार रुपैंया बराबरको क्षती भएको कृषक ढकालले बताउनुभयो ।

विज्ञापन २

भालुले यसअघि एक दुई घारमा क्षती गर्नेगरेपनि यसपटक सबै घारहरु विनाश गरेको उहाँले बताउनुभयो । भालुको कारण मौरीपालनमा क्षती भएकोमा राहत वा क्षतीपूर्तिको व्यवस्था गरिदिन चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय सामुदायिक वन उपभोक्ता समूह र माडी नगरपालिकासमक्ष उहाँले अनुरोध समेत गर्नुभयो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया