चितवन । माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले बघौडा अस्पतालको आकस्मिक अनुगमन गर्नुभएको छ । सोमबार नगरप्रमुख महतोले अस्पतालको आकस्मिक अनुगमन गर्दै सेवाग्राहीले भोग्नुपरेका समस्याका बारेमा अस्पताल प्रशासनसँग छलफल गर्नुभएको हो ।
अस्पतालमा पछिल्लो समय दीर्घरोगी, जेष्ठ नागरिक, अपाङ्ग, गर्भवती लगायतका बिरामीहरूको चाप बढे सँगै अस्पतालबाट प्रदान गरिएको सेवा थप प्रभावकारी रुपबाट प्रदान गर्न छलफल गरिएको उहाँको सचिवालयले जनाएको छ । सो अस्पताल प्रादेशिक अस्पतालको तहमा स्तरोन्नति भएपनि हालसम्म पूर्ण कार्यान्वयन भइसकेको भने छैन ।