आर.आर.एन.ले गर्याे माडीको रौतने खोला क्षेत्रमा तटबन्धन कार्य पुरा

300
SwadeshPost

जापानी सहयोगी संस्था साप्लानीरको सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था आर.आर.एन.ले माडीको रौतने खोलाको तल्लो तटीय क्षेत्रमा तटबन्धन कार्य पुरा गरेको छ ।

करीब २ करोड १० लाख रुपैंयाको लागतमा रौतने खोला तटबन्धन सहित ड्याम र आवश्यक संरचना निर्माण गरिएको परियोजना संयोजक रबिन्द्र सिंह ठकुरीले जनाउनुभयो । परियोजनाको पहिलो बर्ष अन्तर्गत २,५०० मिटर सहित थप दोस्रो बर्षको १,५०० मिटर गरि जम्मा ४,००० मिटर लम्बाइको माटो तथा बायो-इन्जिनियरिङ्ग ड्याम, १,४१६ मिटर लम्बाइको जाली तटबन्धन निर्माण कार्यक्रम सम्पन्न भएको हो । कोरोना भाइरसको संक्रमण रोक्न लकडाउन जारी रहँदाको कठीन समयमा परियोजनाले मजदुरहरुका निम्ति सुरक्षाको उपायहरु लगाई यस बर्षका लागि तोकिएको काम पुरा गरेको हो ।

पहिलो बर्षका कामहरु सम्पन्न भएको अवसरमा परियोजना संयोजक रबिन्द्र सिंह ठकुरीले सम्पूर्ण सरोकारवाला र सहयोगीहरुमा कृतज्ञता ज्ञापन गर्नुभएको छ । परियोजनाले निर्माण भएका सम्पूर्ण भौतिक संरचनाहरुको पुर्ण अधिकार र दायित्व सम्बन्धित समुदाय र स्थानीय सरकारको रहने भन्दै उहाँले सबैमा आभार व्यक्त गर्नुभएको हो । यसअघि, रौतने खोलामा आउने बाढीका कारण त्यसवरपरका गाउँहरु प्रभावित हुँदै आएका थिए ।

SwadeshPost