१५ मंसिर, माडी । विद्यालय शिक्षा परीक्षा (एस.इ.ई.)मा ५० जनाभन्दा धेरै विद्यार्थी सहभागी गराउँदै उत्कृष्ट नतीजा हासिल गरेका माडीका दुई स्कुल सम्मानित भएका छन् ।
चितवन जिल्लाका उत्कृष्ट ६ वटा स्कुलको दोश्रो नम्बरमा रहँदै माडी-६, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालय र चौथो नम्बरमा रहँदै माडी-५ स्थित दिवाकर स्मृति माध्यमिक विद्यालय सम्मानित भएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाइ चितवनले एस.इ.ई. परीक्षा २०८१ मा उत्कृष्ट नतिजाका आधारमा ६ सामुदायिक तथा ६ सस्थागत गरी कुल १२ विद्यालयलाई ‘सम्मान-पत्र’ प्रदान गरेको हो ।

जिल्ला समन्वय समिति प्रमुख नारायण प्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सहजकर्ता विज्ञ डा. जीवन खनाल, शैक्षिक प्रशासन महाशाखा भरतपुरका प्रमुख सुवासचन्द्र आचार्य तथा चितवनका विभिन्न स्थानीय तहका शिक्षा शाखाका प्रतिनिधि र विद्यालय प्रमुखहरूको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

