भिडियो-पडकास्ट पोष्ट

माडी न.पा.को सुनुवाई: रास्वपाका अधिकारीद्वारा कृषि सम्बन्धी जनचेतनाको सुझाव (भिडियो सहित)

०२ पाैष, माडी । माडी नगरपालिकाको सार्वजनिक सुनुवाईमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर सचिव जगत अधिकारीले कृषि सम्बन्धी जनचेतना बढाउन सुझाव दिनुभयो ।

‘कुनैपनि बाली लगाउनुपूर्व कृषि शाखाका प्राविधिकहरुले हरेक वडामा पुगी किसानहरुलाई ज्ञानशीप सिकाउनुपर्ने’ उहाँको भनाई थियो । ‘अघिल्लो सार्वजनिक सुनुवाईमा गरिएका प्रतिवद्धताको प्रगतिको अवस्था सुनाइएकोमा धन्यवाद व्यक्त’ गर्दै उहाँले ‘कर उठाउँदा नगरपालिका जिम्मेवार बन्नुपर्ने’ बताउनुभयो ।

‘मिलोमतोमा राती १२ बजे नागरिकता ऐन पारित गर्ने (तात्कालीन) दुई तिहाईको सरकारले माडीबासीको हीत हुने जनपक्षीय निकुञ्ज ऐन ल्याउन वास्ता नगरेको’ जिकिर गर्दै अधिकारीले ‘दलहरु जवाफदेही हुनुपर्ने’ माग समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया