चितवन खबर पोष्ट

माडीको हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा तीन हप्ते योग शिविर सुरु

०२ पाैष, माडी । माडी-६, हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा तीन हप्ते योग शिविर सुरु भएको छ। शिक्षालय प्रमुख हरि पौडेलको अध्यक्षतामा बुधबार (आज) सम्पन्न उद्घाटन कार्यक्रममा पतञ्जली योग समिति चितवनका अध्यक्ष बलराम थापा प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा शिक्षालय सहयोग समितिका अध्यक्ष सुरेश बहादुर थापा विशेष अतिथि रहनुभएको थियो भने विभिन्न योग समितिका प्रतिनिधि तथा माडीका सामाजिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।

स्वास्थ्य, चेतना र शारीरिक सुदृढता अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन भएको शिविरमा सहभागीहरूले नियमित योगाभ्यासका माध्यमबाट स्वस्थ जीवनशैली अंगाल्न सहयोग पुग्ने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ। तीन हप्तासम्म सञ्चालन हुने यो शिविरमा विभिन्न योग अभ्यास, प्राणायाम र ध्यानका विधिबारे प्रशिक्षण दिइने बताइएको छ।

तपाईको प्रतिक्रिया