चितवन खबर पोष्ट

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई माडीका विद्यार्थीहरुद्वारा भव्य स्वागत (भिडियो सहित)

०६ पाैष, माडी । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले ‘पेटका लागि नभई देशका लागि बाँच्न’ सुझाउनुभएको छ ।

माडी-६, हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुलाई सम्बोधन गर्दै राईले सो कुरा बताउनुभएको हो । ‘आफू श्रमको कुरा गर्ने मान्छे रहेको’ बताउँदै उहाँले ‘जमीन बाँझो राख्नाले नेपाली गरीब हुनुपरेको’ समेत औंल्याउनुभयो । ‘आफूलाई नेताका रुपमा नभई किसान वा मजदुरका रुपमा चिनाउन चाहने’ बताउँदै उहाँले ‘माटोलाई माया गर्न’ सुझाउनुभयो ।

बुटवलको सभा सकेर ठोरी हुँदै फर्किने क्रममा आइतबार (आज) बिहान माडी आउनुभएका राईलाई शिक्षालयका विद्यार्थीहरुले भव्य स्वागत गरेका थिए । शिक्षालय पुग्नुअघि उहाँले स्वदेश एफ.एम.मा सडक अन्तरवार्ता दिँदै समसामयिक राजनैतिक बिषयमा धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया