माडी (स्थानीय) खबर पोष्ट

काशीनाथ सापकोटाको अध्यक्षतामा माडी नगर राहत शिक्षक समितिको नयाँ कार्यसमिति चयन

१२ पाैष, माडी । माडी नगर राहत शिक्षक समितिको तेश्रो अधिवेशनबाट जनजीवन माध्यमिक विद्यालय खरकट्टाका शिक्षक काशीनाथ सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

माडी क्याम्पसको प्राङ्गणमा सम्पन्न अधिवेशन कार्यक्रमबाट शनिवार नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा शोभा शर्मा, सचिवमा इन्द्रप्रसाद पौडेल, सहसचिवमा पूर्णकला पौडेल र कोषाध्यक्षमा मेनुका पौडेल (दवाडी)लाई जिम्मेवारी रहेको छ ।

९ सदस्यीय सो कार्यसमितिको सदस्यहरुमा सन्तोषी महतो, विवश लामिछाने, तुलसी राई र रेनुका भुषाल पौडेल रहनुभएको छ । यस्तै, भेषराज न्यौपानेको संयोजकत्वमा नारायण शर्मा पौडेल र नन्दलाल राई सदस्य रहनुभएको सल्लाहकार समिति समेत गठन भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया