०६ माघ, माडी । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा एमालेका भरतपुर महानगर कमिटी अध्यक्ष शंकर थपलियाले उम्मेदवारी दर्ता गर्नुभएको छ । पटिहानी क्षेत्रका परिचित नेता रहनुभएका उहाँले मंगलबार -याली र थारू लगायका विभिन्न साँस्कृतिक झाँकी सहित उम्मेदवारी दर्ता गर्नुभएको हो ।
यसैबिच, एमालेबाट चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार थपलियाले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ । उम्मेदवारी दर्ता पश्चात पत्रकारहरुसंग कुराकानी गर्दै थपलियाले नेकपा एमालेको बलियो संगठन र जनताको अपार मायालाई जितको आधार बताउनुभयो । “हामी देश बनाउने अभियानमा छौँ,“ उहाँले भन्नुभयो, “देश ध्वंश पार्ने र जलाउनेहरूको विरुद्धमा उभिएका राष्ट्रवादी शक्ति भएकाले जनताले हामीलाई रोज्नेछन् ।“

चितवन ३ मा विगतमा ’टुरिष्ट’ (पर्यटक) उम्मेदवारहरू आउने र चुनाव जितेपछि फर्किएर नआउने जनगुनासोलाई सम्बोधन गर्दै उहाँले आफू स्थानीय आवश्यकता बुझेको उम्मेदवार भएको उल्लेख गर्नुभयो । निकुञ्ज र मानव द्वन्द्व, पूर्वाधार विकास र नदी नियन्त्रणलाई आफूले प्राथमिकतामा राखेको बताउनुभयो ।

थपलियाले आफ्नो क्षेत्रभित्र पर्ने विकट ठाउँहरू हनुमानझुलाको समस्यालाई विशेष महत्वका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेकपा एमालेको एकल सरकार बनेपछि यी सबै योजनाहरूले पूर्णता पाउने र चितवन ३ को मुहार फे

