०६ माघ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सोविता गौतमले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी मनोनयन गर्नुभएको छ । ठूलो र्याली सहित मनोनयनस्थल पुगी नेतृ गौतमले मनोनयन दर्ता गर्नुभएको हो ।
यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री सोबिता गौतमले आफ्नो चुनावी अभियान पूर्ण रूपमा कानुनी परिधिभित्र रहेर सञ्चालन गर्ने बताउनुभएको छ । उम्मेदवारी दर्तापश्चात मर्थकहरूलाई सम्बोधन गर्दै नेतृ गौतमले भन्नुभयो, “हामी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै स्वच्छ, पारदर्शी र भयरहित निर्वाचनको पक्षमा छौँ। हाम्रो पार्टीका साथीहरूको ’डिएनए’ मै अनुशासन छ, त्यसैले हामी कसैलाई चोट नपुर्याई लोकतन्त्रको रक्षाका लागि चुनावी प्रतिस्पर्धामा होमिनेछौँ।“

उहाँले अन्य उम्मेदवार र दलहरूका लागि पनि आफ्नो व्यवहार एउटा उदाहरणीय बनोस् भन्ने चाहना व्यक्त गर्नुभयो । निर्वाचन कानुन र नियमको परिधिभित्रै रहेर अब जनताको घरदैलोमा पुग्ने बताउँदै उहाँले सबैलाई संयमित र सचेत रहन आग्रह गर्नुभयो । मनोनयन दर्ताका क्रममा उहाँका समर्थकहरूले घण्टी बजाएर र नाराबाजी गरेर उत्साह व्यक्त गरेका थिए ।


