१३ माघ, माडी । बाघको आक्रमणमा परेका माडी नगरपालिका-१ पाण्डबनगर निवासी भानु बोटको खोजीमा निकुञ्जभित्र पुगेको टोलीले ‘घटनामा बोटको मृत्यु भइसकेको’ निष्कर्ष निकालेको छ ।
मंगलबार हात्तीसहित सेना र स्थानीयबासीहरुको टोली बोटको खोजीमा निकुञ्जभित्र पुगेकोमा कपडा र रगत लतपतिएको देखिएसंगै बोटको मृत्यु भइसकेको निष्कर्ष निकालिएको खोजी दलका एक सदस्य तथा पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका कार्यालय सचिव जगनारायण बोटले बताउनुभयो ।

आइतबार साँझ करीब ७ बजे घरनजिकै जंगल क्षेत्रमा गएका बेला बोटलाई बाघले आक्रमण गरी भित्री जंगलतर्फ तानेर लगेको स्थानीयबासीले बताएका हुन् । सोमबार सो गाउँ नजिकैको रातो पहिरो क्षेत्रमा गैंडाको आक्रमणबाट अर्का एक युवाको पनि मृत्यु भएको थियो ।


