नागढुंगा–मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने

चितवन, ४ मंसिर, २०८३ । नागढुंगा–मुग्लिन सडकखण्ड शनिबार (मंसिर ५) देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै अर्को सूचना नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको छ ।

सडकखण्डको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएकाले जोखिम न्यूनीकरण गर्न सडक बन्द गर्न लागिएको प्रशासनले जनाएको छ ।

उक्त समयमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम गरिनेछ । प्रशासनले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा समय व्यवस्थापन गरेर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया