माडीमा जुटे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय नेता तथा कार्यकर्ता

चितवन, ४ मंसिर, २०८३ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय समितिको तेस्रो विस्तारित बैठक माडीको पर्यटकीय गाउँ सितलपुर (घोसरी टोल)मा सुरु भएको छ ।

घोसरी टोलस्थित नेपाल अष्ट्रेलिया मैत्री भवनको सभाहलमा शुक्रबार (आज)देखि आउँदो ७ गतेसम्म सञ्चालन हुनेगरी केन्द्रीय कार्यसमितिको बिस्तारित बैठक सुरु भएको पार्टी प्रवक्ता राजेश्वरी सुवेदीले बताउनुभयो ।

बैठकमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता एवं लेखक विश्वभक्त दुलाल आहूति सहित देशैभरबाट पार्टीका पूर्णकालीन नेता कार्यकर्ताहरुसंगै केन्द्रीय समितिका नेतागण सहभागी रहेका छन् ।

बैठकमा पार्टीको उत्पादन इकाईहरुको विकास एवं व्यवस्थापन, पूर्णकालीन नेताकार्यकर्ताहरु उत्पादन तथा समसामयिक राजनीति एवं पार्टीका योजना र कार्यक्रमहरुबारे व्यापक छलफल गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया