चितवनमा ४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

चितवन, ४ मंसिर, २०८३ । राप्ती नगरपालिका–१ लोथरस्थित प्रहरी चेकिङ पोइन्टबाट ४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

शुक्रबार बिहान हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको भारतीय कन्टेनर ट्रक जाँच गर्ने क्रममा चालक सिट पछाडिको क्याबिनमा फल्स बटम बनाई लुकाइएको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको वैशाली जिल्लाका २४ वर्षीय सत्यम कुमार र २० वर्षीय रौनक कुमार रहेका छन् । उनीहरू कन्टेनरका चालक र सहचालक हुन् ।

इलाका प्रहरी कार्यालय भण्डारा र अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको संयुक्त टोलीले गाँजासहित कन्टेनर नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया