काठमाडौं , ४ मंसिर, २०८३ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतको दुईदिने राजकीय भ्रमणका क्रममा सोमबार (मंसिर ७ गते) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।
भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता हुनेछ ।
प्रधानमन्त्री शाह आइतबार (मंसिर ६ गते) दिउँसो सवा ३ बजे नयाँ दिल्ली पुग्नेछन् । सोही दिन साँझ ६ बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेट गर्ने कार्यक्रम छ ।
सोमबार बिहान १० बजे राष्ट्रपति कार्यालयमा उनको औपचारिक स्वागत तथा भेटघाट हुनेछ । त्यसपछि राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेपछि मोदीसँग भेटवार्ता गर्नेछन् ।
भेटवार्तापछि मध्याह्न १२ः२५ बजे सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ । प्रधानमन्त्री शाहले दिउँसो सवा ३ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गर्नेछन् । उनी अपराह्न ४ः५० बजे नयाँ दिल्लीबाट स्वदेश फर्कने कार्यक्रम छ ।










