प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा २५ सदस्यीय टोली सहभागी हुने

काठमाडौं, ४ मंसिर, २०८३ । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा २५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने भएको छ । भ्रमण टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित उच्च सरकारी अधिकारी तथा प्रधानमन्त्रीका सल्लाहकार रहनेछन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मुख्य सचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई, उद्योग सचिव रुद्र सिंह तामाङ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम शाह पनि भ्रमण टोलीमा रहनेछन् । ऊर्जा र अर्थ सचिवको सहभागिता भने टुंगिन बाँकी छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यसपछि प्रतिनिधिमण्डलस्तरीय बैठक तथा विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ ।

भ्रमणका क्रममा दार्चुलाको पुल र जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै सिलगुडी–चारआली पेट्रोलियम पाइपलाइन तथा मोतिहारी–अमलेखगञ्ज पाइपलाइन लोथरसम्म विस्तार गर्ने आयोजनासहितका परियोजनाको उद्घाटन तथा शिलान्यास गर्ने तयारी गरिएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय विदेशमन्त्री एस. जयशंकर र राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया