चितवन, २ मंसिर, २०८३ । चितवन राइनोजका ओपनर कमिल मिशाराले एनपीएलको एलिमिनेटर खेलमा काठमाण्डू गोर्खाजविरुद्ध शतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा ५३ बलमा ४ चौका र ८ छक्कासहित १०० रन पूरा गरेका मिशाराको शतकप्रेरित चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको छ ।
एनपीएलको जारी सिजनमा यो दोस्रो शतक हो भने मिशाराको टी–२० करियरको तेस्रो शतक हो । चितवनले काठमाण्डू गोर्खाजलाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ ।










