माडीको बघौडा अस्पतालमा क्यूआर भुक्तानी सेवा सुरु

चितवन, १ मंसिर, २०८३ । माडी नगरपालिका अन्तर्गत सञ्चालित बघौडा अस्पतालले आजदेखि क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने व्यवस्था सुरु गरेको छ ।

अस्पतालले सेवाग्राहीलाई स्वास्थ्य सेवा शुल्क तथा अन्य भुक्तानी सहज बनाउन क्यूआर भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो ।

अस्पतालका अनुसार अब नगद तथा क्यूआरमार्फत प्राप्त हुने सम्पूर्ण राजस्व दैनिक रूपमा सोही दिन बैंक खातामा जम्मा गरिनेछ । नयाँ व्यवस्थाले अस्पतालको आर्थिक कारोबारमा पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासन कायम गर्नुका साथै सेवाग्राहीलाई भुक्तानीमा सहजता पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया