चितवन, ०१ मंसिर, २०८३ । हरिबोधनी एकादशीको अवसरमा माडीको छरछरे धाममा लाग्ने एकादशी मेला २०८३ मा लोकदोहोरी गायिका सपना परियार र लोकगायक विनय न्यौपानेले सांगीतिक प्रस्तुति दिनुहुने भएको छ ।
आउँदो मंसिर ४ गते आयोजना हुने मेलाको शुभ अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने भएको हो । कार्यक्रममा गायिका परियार र गायक न्यौपानेसँगै अन्य सांस्कृतिक प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ ।
माडी नगरपालिका र माडी–५ वडा कार्यालयको प्रवर्द्धनमा छरछरे मेला व्यवस्थापन समिति तथा छरछरे शिवालय मन्दिर धार्मिक सेवा समितिको आयोजनामा मेला सञ्चालन हुन लागेको हो ।
धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुने मेलामा माडीका विभिन्न क्षेत्रसहित अन्य स्थानबाट समेत श्रद्धालु भक्तजन तथा दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ । हरिबोधिनी एकादशीमा नदी वारपार वा मन्दिरहरूमा फूलको तोरण टाँग्ने र तोरण तार्ने परम्पराको ठूलो धार्मिक तथा सांस्कृतिक महत्त्व छ।










