एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, पालिका चुनाव केन्द्रित छलफल हुने

काठमाडौं, २ मंसिर, २०८३ । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने भेलालाई आगामी पालिका चुनावको तयारीमा केन्द्रित गर्ने एमालेले जनाएको छ ।

भेलामा अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

भेलामा तीन हजार चार सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । आज बिहान ११ बजे उद्घाटन हुने भेला भोलि समापन हुनेछ । एमालेले भोलि नै केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ ।

तपाईको प्रतिक्रिया