प्रवासमा सिकेकाे बेकरीकाे काम गरी स्वदेशमै मनग्य अाम्दानी

340
SwadeshPost

बैदेशिक रोगजारीका क्रममा सिकेका बेकरीजन्य खाद्यपदार्थ उत्पादनको काम गरी माडी बसन्तपुरका एक युवाले मनग्गे आम्दानी गरिरहेका छन् । माडी नगरपालिका वडा नं. ६, बसन्तपुर गाउँमा माडी हट बेकरी सञ्चालन गरिरहनुभएका युवा उद्यमी जिताराम महतोले बेकरीजन्य उत्पादनमार्फत स्वदेशमै प्रवासमा जस्तै आम्दानी गरिरहनु भएको हो ।

स्वदेशमै, घरपरिवारसंगै बसी प्रवासमा सिकेको शीप खन्याउनुभएका युवा उद्यमी महतोले हाल पिज्जा, बर्गर, पाउरोटी, दुनोट, बिस्कुट, पप, केक आदि उत्पादन गर्नुहुन्छ । महतोलाई उत्पादन, बिक्रीवितरण र घरव्यवहारमा उहाँकी श्रीमतीले सघाउँदै आउनुभएको छ । माडीमै पहिलोपटक अत्याधुनिक बिद्युतीय बेकिङ मेसिन जडान गरी महतो दम्पत्तीले बेकरी उत्पादन सुरु गर्नुभएको थियो । ‘संकोच हटाई काम गर्न सके प्रवासको कमाई स्वदेशै गर्न सकिने रहेछ’, महतोले स्वदेश एफ.एम. तथा स्वदेश पोष्टलाई आफ्नो अनुभव सुनाउनुभयो ।

माडी क्षेत्रमा दक्ष जनशक्तिको अभाव र भएका कामदारमा पनि कामप्रति न्यून अभिरुचीका कारण आफूले पूर्ण क्षमतामा उत्पादन गर्न नसकिरहेको उहाँको भनाई छ । तर बढ्दो बजार र गुणस्तर एवं पौष्टिकताप्रति आम उपभोक्ताहरुको सचेतनाका कारण बेकरी क्षेत्रको भविष्य राम्रो रहेको उहाँको आँकलन पनि छ । प्रविधिको क्षेत्रमा लगानी गर्न चाहने अन्य युवा तथा उद्यमीहरुलाई नगरपालिका लगायतका निकायहरुले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो । त्यसैगरी कामको खोजीमा विदेशिने सोचमा रहेका युवाहरुलाई स्वदेशमै केहि गर्न पनि उहाँको सुझाव रहेको छ ।

SwadeshPost