आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

शिक्षा खबर पोष्ट

बाँदरझुलास्थित आधारभूत विद्यालयमा साउन ४ देखि पठन पाठन सुचारु हुने

  • A
  • A+
  • A++

माडीको बाँदरझुलास्थित आधारभूत विद्यालयमा आउँदो साउन ४ गतेदेखि नियमित पठन पाठन सुचारु हुने भएको छ । लकडाउन खुकुलो हुँदै गएसंगै विद्यालयमा जोर बिजोर प्रणाली अन्तरगत कक्षा सञ्चालन सुचारू हुन लागेको हो ।

विज्ञापन १

जोर अंकको मितिमा जोर अंकको रोल नम्बर रहेका विद्यार्थीहरु तथा बिजोर अंकको मितिमा बिजोर अंकको रोल नम्बर रहेका विद्यार्थीहरु पढ्न आउनेगरी नियमित कक्षा सुचारु हुन लागेको हो । यस व्यवस्था अनुसार विद्यार्थीहरुबिच सामाजिक दुरी कायम राखी, मास्क अनिवार्य गरी, साबुनपानीले नियमित हात धुने व्यवस्था सहित एउटै पाठ दुई दिन पढाउनेगरी विद्यालय सुचारु गर्न लागिएको विद्यालयका प्रधानाध्यापक आशिष गोपाल परियारले स्वदेशलाई जानकारी दिनुभयो । सो विद्यालयमा हाल कक्षा ८ सम्म पठनपाठन हुन्छ ।

विज्ञापन २

माडी नगरपालिका शिक्षा शाखाले असार सुरुदेखि माडी उपत्यकाभर रेडियो पाठशालामार्फत शिक्षण गराइरहेको भएपनि बाँदरझुलामा पुग्न सकेको छैन । यसकारण गत असार २६ गत बसेको आधारभूत बिद्यालय बाँदरझुला बिद्यालय ब्यवस्थापन समितिको बैठकले साउन ४ गतेबाट बिद्यालयमा पठन पाठन गर्ने निर्णय गरेको हो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया