देश-प्रदेश खबर पोष्ट

राप्रपाकाे माडी-३ वडा समिति अध्यक्षमा भीम बहादुर कुँवर चयन

०७ चैत,चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीको माडी-३ वडा समिति अध्यक्षमा भीम बहादुर कुँवर चयन हुनुभएको छ ।

३३ सदस्यीय सो समितिको उपाध्यक्षमा इन्द्रादेवी महतो, निर्रमल कुमार चाैधरी र सन्तरेशा महतो, सचिवमा रण बहादुर क्षेत्री, सहसचिवमा दिल कुमारी बि.क. र कोषाध्यक्षमा डिलाराम पावे चयन हुनुभएको छ । त्यस्तै, वडास्तरीय किसान संघको अध्यक्षमा विकास सहनी, महिला संघ अध्यक्षमा सन्तरेसा महतो, युवा संघ अध्यक्षमा पृथ्वी महतो, आदिबासी जनजाति अध्यक्षमा बैजनाथ महतो, भू.पू. सैनिक संघमा रण बहादुर क्षेत्री र दलित संघ अध्यक्षमा मञ्जु बि.क. चयन हुनुभएको छ ।

पार्टी विस्तार अभियानको क्रममा वडा कार्यसमिति चयन भएको सो पार्टीको नगर समितिले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का क्षेत्रीय अध्यक्ष मदन पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया