देश-प्रदेश खबर पोष्ट

माडीमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीह?को लगत लिने काम अन्तिम चरणमा

१० चैत, चितवन । माडी नगरपालिकामा वडावडामा पुगी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीह?को लगत लगत लिने काम अन्तिम चरणमा पुगेको छ ।भूमि सम्बन्धी समस्या समाधान आयोगको ३५ दिने सुचना अनुसार यसरी तथ्यांक संकलन गर्ने वा आवेदन गर्ने समय आउँदो चैत १५ सम्ममात्र रहेको नगरपालिकाका सुचना प्रविधि अधिकृत प्रवीण भण्डारीले जनाउनुभयो ।

यस अवधीभित्रै तथ्यांक संकलनमा छुटेका सबैले विवरण दिइसक्न उहाँले अनुरोध गर्नुभयो । माडी नगरपालिकामा करीब चार हजार जना सुकुम्बासीह? रहेको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले बताउनुभयो । आयोगमार्फत भूमिहीन सुकुम्बासीह?लाई ६ कठ्ठासम्म जग्गा निःशुल्करूपमा तथा अव्यवस्थित बसोवासीले निश्चित शुल्क तिरेर एक बिघा नौं कठ्ठासम्म जग्गा पाउने व्यवस्था बताइएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार