देश-प्रदेश खबर पोष्ट

स्वमूल्याङ्कन परीक्षणमा माडी नगरपालिकाले ‘फर्स्ट डिभिजन’

११ चैत्र, चितवन । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन परीक्षणमा माडी नगरपालिकाले ‘फर्स्ट डिभिजन’ ल्याएको छ । वागमती प्रदेशभित्रका स्थानीय तहहरुबाट सुरुवात भएको संस्थागत क्षमता स्वमूल्याङ्कन परीक्षणमा माडी नगरपालिकाले ६२.७५ स्कोर हासिल गरेको हो ।

१०० पूर्णांकको सो परीक्षणमा स्थानीय तहको शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी १० वटा बिषयका कुल १०० वटा सूचकहरू रहेका हुन्छन । यसमध्ये हरेक सुचकमा ० देखि १ अंक पाउने प्रावधान अन्तरगत माडी नगरपालिकाले ६२.७५ अंक हासिल गरेको छ । (फाइल फोटो)

तपाईको प्रतिक्रिया

ताजा समाचार