देश-प्रदेश खबर पोष्ट

राप्रपाको माडी नगर अध्यक्षमा वीरेन्द्र भण्डारी पुनर्चयन

१८ चैत्र, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को माडी नगर अध्यक्षमा वीरेन्द्र भण्डारी पुनर्चयन हुनुभएको छ ।

राप्रपाको माडी नगर अधिवेशनबाट सो पार्टीको माडी नगर अध्यक्षमा भण्डारीलाई पुनः जिम्मेवारी मिलेको हो । यसअघि पनि उहाँ राप्रपाको नगर अध्यक्षकै पदमा रहनुभएको थियो । अधिवेशनबाट सो पार्टीका माडीका नेताहरु भोजराज आचार्य, कृष्ण पाठक, रुद्र सिंजाली मगर, तिलम मगराती, देवी कार्की, केशव भण्डारी लगायत कुल ४५ सदस्यीय नगर कार्य समिति चयन भएको छ । कार्यसमितिका पदाधिकारीहरुको टुङ्गो भने नगरको बैठकले टुङ्गो लगाउने जनाइएको छ ।

अधिवेशन कार्यक्रममा बागमती प्रदेश सांसद तथा राप्रपा केन्द्रीय सदस्य रिना गुरुङसंगै अर्का केन्द्रीय सदस्य चुरामणि सापकोटा, जिल्ला उपाध्यक्ष चेतनाथ वाग्ले, जिल्ला सचिव केशव भण्डारी, महिला कोषाध्यक्ष गीता आचार्य, प्रवक्ता राजु भण्डारी, उपसचिव दिनेश अधिकारी, चिवन क्षेत्री नं. ३ का अध्यक्ष मदन पौडेल लगायतको आतिथ्य रहेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार