देश-प्रदेश खबर पोष्ट

बघौंडा अस्पतालमा कोरोना परीक्षणका लागि आएका एक युवकद्वारा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार

२१ ज्येष्ठ, चितवन । माडीको बघौंडा अस्पतालमा कोरोना परीक्षणका लागि आएका एक युवकले स्वास्थ्यकर्मीहरुमाथि दुर्व्यवहार गरेका छन् ।

माडी नगरपालिका वडा नं. ५ निवासी ती युवकले बघौंडा अस्पताल अन्तरगतको फिभर क्लिनिकमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीलाई आफ्नो परिवार सदस्यको एन्टीजीन परीक्षण गर्न भनेका थिए । तर चिकित्सकले स्वास्थ्य परीक्षण गर्दा कोरोना सम्बन्धी कुनै लक्षण नरहेको पाएसंगै नेपाल सरकारको प्रोटोकल अनुसार एन्टीजीन परीक्षण गर्न जरुरी नरहेको बताएका थिए । त्यस लगत्तै ती युवकले अभद्र व्यवहार गर्दै प्रेस्क्रिप्सन र एक्सरे रिपोर्ट सहितको फाइल फ्याँकेको अस्पताल श्रोतले बताएको छ ।

यसैबिच, दुर्व्यवहार गरेका युवकले स्वास्थ्यकर्मीहरूसंग क्षमायाचना गरेका छन् । यसअघि, स्वास्थ्यकर्मीहरुले घटनाको बिरोध गर्दै असुरक्षाको अनुभूति भएको बताएका थिए । यसप्रकारको घटना दोहोरिए सेवामा खटिन नसकिने भन्दै स्वास्थ्यकर्मीहरुले जिम्मेवार र मर्यादित व्यवहार गर्न सबैमा अनुरोध समेत गरेका छन् । (फाइल फोटो)

तपाईको प्रतिक्रिया

ताजा समाचार