पर्यटन खबर पोष्ट

माडीको उदाउँदो पर्यटकीय गन्तव्यस्थल रेडहिल पार्कमा ७० फिट अग्लो भ्यु टावर निर्माण सम्पन्न

माडीको उदाउँदो पर्यटकीय गन्तव्यस्थलको परिचय बनाएको माडी-४, खैरहनीस्थित रेडहिल पार्कमा ७० फिट अग्लो भ्यु टावर निर्माण भएको छ ।

‘रेडहिल ट्रि टावर’ नाम दिइएको सो स्टील निर्मित संरचना वागतमी प्रदेश सरकारको ३० लाख रुपैंया लागत सहयोगमा निर्माण सम्पन्न भएको हो । भ्यु टावर माथिबाट माडी उपत्यकाका अधिकांश स्थान र आकाश खुला रहँदा नवलपुर र भरतपुरका केहि स्थानहरु देख्न सकिनेछ । गत बैशाखमा निर्माण सुरुवात भएको टावरको निकै मिहिनेतसाथ हालै कार्यसम्पन्न गरेको निर्माण उपभोक्ता समितिका अध्यक्ष माधव चापागाईंले जनाउनुभयो ।

रेडहिल पार्क क्षेत्रमा हालसम्म चारचक्के गाडी सहजताका साथ पुग्नसक्ने बाटो, डिप बोरिङ सहितको खानेपानी, बिजुली, २ वटा शौचालय र २ वटा पिकनिक टहरा निर्माण भइसकेको माडी ४ का वडाध्यक्ष चन्द्रदीप महतोले बताउनुभयो । सो स्थानमा आउँदो आर्थिक बर्षमा फुलबारी बनाउने र थप पिकनिक स्पटहरु निर्माणको काम गरिने वडाध्यक्ष महतोको भनाई छ ।

तपाईको प्रतिक्रिया