

चितवन । माडी नगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई १०० प्रतिशतसम्म प्रोत्साहन रकम थप्ने भएको छ ।

नगरपालिकाको कार्यपालिका बैठकले स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई सेवाको प्रकृति अनुसार ४ श्रेणीमा बाँडी सो प्रोत्साहन रकम थप गर्ने निर्णय गरेको हो । यसअन्तरगत पहिलो श्रेणीमा परेकाहरुलाई १०० प्रतिशत, दोश्रो श्रेणीमा पर्नेहरुलाई ५० प्रतिशत, तेश्रो श्रेणीमा पर्नेहरुलाई २५ प्रतिशत र चौथो श्रेणीमा परेकाहरुलाई १० प्रतिशत प्रोत्साहन रकम थप गर्ने निर्णय गरेको नगर कार्यपालिका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिनुभयो ।

