माडी (स्थानीय) खबर पोष्ट

माडी नगरस्तरीय बजार अनुगमन समितिले परिमाणमा घरेलु मदिरा नष्ट

२८, असार चितवन । माडी नगरस्तरीय बजार अनुगमन समितिले माडीका विभिन्न बजारमा खाद्य तथा उपभोग्य सामग्रीहरुको अनुगमन गरी ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ ।

समितिले माडीको बसन्त बसन्तपुर, कल्याणपुर, कीर्तनपुर, देबेन्द्रपुर, जीवनपुर, मिलनचोक र लक्ष्मीनिबासका २० वटा किराना पसल तथा खाजा घरहरुमा छड्के अनुगमन गरेको थियो । त्यस क्रममा अवैध रूपमा बिक्रीवितरण भइरहेका र उत्पादन भएका १ हजार लिटर भन्दा बढी घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ जफत गरी नष्ट गरिएको हो ।

खाद्य अनुगमन टोलीमा आन्तरिक राजश्व कार्यालय चितवनका कर अधिकृत कपिल नेपाल, ईलाका प्रहरी कार्यालय माडी प्रमुख झलक शर्मा पौडेल, सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट छरछरेका प्रमुख बेल बहादुर बि.क., उद्योग वाणिज्य संघ माडीका अध्यक्ष रेशमलाल आचार्य, होटल व्यवसायी संघ माडी इकाई अध्यक्ष गोपाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । अनुगमनका क्रममा, माडीमा राजश्व छली गरी बिना ईजाजत मदिरा बिक्री वितरण गर्ने कार्य बढदै गएकाले त्यस्ता गतिविधि तत्काल बन्द गर्न सुचित समेत गरिएको माडी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया