देश-प्रदेश खबर पोष्ट

निकुञ्जभित्र आकाशे पुल निर्माण योजनाको बजेट लगातार दोश्रो बर्ष फ्रिज

चितवन । संघीय सरकारले रातो कितावमा प्रकाशित गरी निकुञ्जभित्र आकाशे पुल निर्माण गर्न समेटेको योजनाको बजेट लगातार दोश्रो बर्ष फ्रिज भएको छ ।

सो योजनाको प्रारम्भिक अध्ययनका लागि आर्थिक वर्ष २०७६/७७ मा एक करोड रूपैयाँ छुट्याइएको भएपनि काम सुरु नै नभई बजेट फ्रिज हुनपुगेको थियो । त्यसपश्चत आ.व. २०७७/७८को रातो किताबमा रणनैतिक पुल सडक निर्माण शीर्षक अन्तरगत भरतपुर महानगरपालिका र माडी नगरपालिका जोड्ने राष्ट्रिय निकुञ्जमा आकाशे पुल निर्माण गरिने भनी ५० लाख विनियोजित रहेकोमा सो बजेट समेत काम सुरु नै नभई फ्रिज भएको हो ।

संघीय सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आ.व. २०७८/७९ को स्वीकृत योजनाहरुको सुचिमा तेश्रोपटक सो योजनालाई निरन्तरता दिँदै ५० लाख छुट्याएको भने छ । यसपटक केन्द्रमा सरकार बदलिएको परिस्थिति र माडीका साँसद समेत रहनुभएका सत्तारुढ गठबन्धनका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माडीका निम्ति ‘केहि गरि देखाउनै पर्ने’ दबाबका बिच निकुञ्जभित्र ‘केहि न केहि हुनसक्ने’ स्थानीय अगुवाहरुको आँकलन छ । (तस्वीरमा, ठोरी केरुङ लोकमार्ग अन्तरगत निकुञ्जभित्र बनाउन डिजाइन गरिएको आकाशेपुल)

तपाईको प्रतिक्रिया

ताजा समाचार