माडी (स्थानीय) खबर पोष्ट

नेपाली काँग्रेसको माडी नगर सभापतिका लागि चारजना नेताहरु आकंक्षी

८ श्रावण, चितवन । नेपाली काँग्रेसको आसन्न महाअधिवेशन अन्तरगत लागि माडी नगर सभापतिका लागि चारजना नेताहरु आकंक्षी देखिएका छन् ।

हालका नगर सभापति कोमलनाथ भुसालले आफू नगर सभापतिको लागि फेरि पनि इच्छुक रहेको सार्वजनिक गर्नुभएको छ । स्वदेशसंग कुराकानी गर्दै भुसालले माडीमा सहमतीय ढंगबाट क्रियाशील सदस्यहरुको छनौट भएको र नगर कार्यसमिति समेत सहमतीय ढंगबाटै चयन हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, काँग्रेसको नगर सभापति पदमै विगतमा मेयरका प्रत्यासी समेत रहनुभएका चितवन जिल्ला सदस्य खेम महतोले दाबी प्रस्तुत गर्नुभएको छ । उता, काँग्रेसमा लामो समय राजनीति गर्नुभएका क्षेत्रीय उपसभापति जयनारायण लामिछाने र युवा नेता भोजराज देवकोटाले समेत सभापति पदमा दावी गर्नुभएको काँग्रेस श्रोतले जनाएको छ । माडीभर करिब ९५० जना क्रियाशील सदस्यबाट नगर सभापति सहित कार्यसमिति चयन हुनेछ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार