माडी (स्थानीय) खबर पोष्ट

माडी नगरपालिकाले यस बर्ष कक्षा ३ सम्म ‘हाम्रो माडी’ नामको स्थानीय पाठ्यक्रम लागु गर्ने

१७ भदाै, चितवन । माडी नगरपालिकाले यस बर्ष कक्षा ३ सम्म ‘हाम्रो माडी’ नामको स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ ।

गतबर्ष कक्षा १ बाट सुरु भएको स्थानीय पाठ्यक्रम चालू शैक्षिक बर्षदेखि कक्षा ३ सम्म लागु गर्न लागिएको नगर शिक्षा शाखाले जनाएको हो । यसका लागि कक्षा ३ सम्मकै पाठ्यपुस्तक तयार भइसकेको शाखाले जनाएको छ ।

स्थानीय पाठ्यक्रममा हाम्रा जनप्रतिनिधीहरु, हाम्रो भौगोलिक अवस्था, हाम्रो वातावरण, हाम्रो विगत, हाम्रो संस्कृति र साँस्कृतिक सम्पदा, हाम्रा विकासका पूर्वाधारहरु, हाम्रा आर्थिक गतिविधिहरु, हाम्रो सामाजिक गतिविधि, हाम्रो सुरक्षा र हाम्रो बानीव्यवहार शीर्षकका पाठहरु रहेका छन् । हाल स्थानीय निकायले कक्षा १ देखि ५ सम्म ४ पाठ्यभार र कक्षा ६ देखि ८ सम्म ५ पाठ्यभार रहेको १०० पूर्णांक भएको स्थानीय बिषय लागु गर्न सक्ने व्यवस्था छ । (फाइल फोटो)

तपाईको प्रतिक्रिया