वन-वातावरण पोष्ट

जंगली हात्तीको बथानले माडीमा लगाइएको मेसजाली र सोलार फेन्स भत्काउन थाल्यो

२ कार्तिक, चितवन । जंगली हात्तीको बथानले माडीमा लगाइएको मेसजाली र सोलार फेन्स भत्काउन थालेको छ ।

जनावरहरुलाई बस्ती वा खेतबारीमा प्रवेश गर्न रोक्न बनाइएका सोलार फेन्स र मेसजाली भत्काई हात्तीहरु बस्तीमा छिर्न थालेका हुन् । माडी २, भैरवपुर, माडी ३ पौहारी र धोबाहा तथा माडी १, बनकट्टा र पाण्डवनगर क्षेत्रका कतिपय मेसजाली वा सोलार फेन्सको पोल र तारमा हात्तीले क्षती गरेको स्थानीयबासीहरुले बताएका छन् ।

सोलार फेन्स र मेसजालीका कारण अन्य मझौला र साना जंगली जनावरहरु खेतबारी र बस्तीमा प्रवेश गर्नबाट रोकिँदै आएका थिए । तर ठूलो आकारको शरीर भएको र बुद्धिमान प्राणी मानिने हात्तीले भने फेन्स भत्काउने गरेको पौहारीका एक कृषकले बताउनुभयो । (तस्वीरमा हात्तीले पाैहारीमा भत्काएको मेसजाली र सोलार फेन्स)

तपाईको प्रतिक्रिया

ताजा समाचार