देश-प्रदेश खबर पोष्ट

नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा माडीका युवा नेता रामप्रसाद न्यौपाने चयन

२५ माघ, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा माडीका युवा नेता रामप्रसाद न्यौपाने चयन हुनुभएको छ ।

एमाले चितवन अध्यक्ष चयन हुनुभएका न्यौपाने यसअघि नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष रहनुभएको थियो । माडी-७ का स्थायी बासिन्दा रहनुभएका न्यौपानेको राजनैतिक र शैक्षिक जीवन माडीबाटै सुरुवात भएको हो ।

त्यस्तै, एमाले चितवनको उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन हुनुभएको छ । १० औं जिल्ला अधिवेशन उद्घाटन भएको झण्डै एक महिनापछि एमाले चितवनले नयाँ नेतृत्व पाएको हो ।

तपाईको प्रतिक्रिया