खेल र खेलाडी पोष्ट

राष्ट्रियस्तरको फुटबल र क्रिकेटपछि माडीमा राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता सञ्चालन हुँदै

१७ फागुन, चितवन । राष्ट्रियस्तरको फुटबल र क्रिकेटपछि अब माडीको बसन्तपुरमा राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ ।

खेलकुद विकास समिति माडी नगरपालिकाको आर्थिक तथा राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति चितवनको प्राविधिक सहयोगमा चितवन माडी तेक्वान्दो डोजाङले ‘मेयरकप पाँचौ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता-२०७८’ आयोजना गरेको हो ।

आउँदो फागुन २६ देखि २८ गतेसम्म बसन्तपुर बजारस्थित खुला चौरमा सञ्चालन हुने सो प्रतियोगितामा देशैभर ५ वटा महानगरपालिका, ४ वटा उपमहानगरपालिका, २८ वटा नगरपालिका र २ वटा गाउँपालिकाको टीम दर्ता भइसकेको र अझै दर्ता हुने क्रम चलिरहेको डोजाङ प्रमुख सन्तोष मर्दनीयाले जानकारी दिनुभयो ।

प्रतियोगितामा ३० देखि ६३ के.जी. तौल समूहका पुरुष र ३० देखि ५७ के.जी. तौल समूहका महिलाहरुबिच गिरोगी (फाइट) र पुम्सेसंगै विभिन्न साहसिक प्रदर्शनी र नृत्य प्रस्तुत हुने आयोजकले जनाएको छ । प्रतियोगिताको आधिकारिक मिडिया रहेको स्वदेश एफ.एम.ले महत्वपूर्ण स्पर्धा र साहसिक प्रदर्शनीहरुको अनलाइन प्रत्यक्ष प्रशारण गर्नेछ । (फाइल फोटो)

तपाईको प्रतिक्रिया