देश-प्रदेश खबर पोष्ट

स्थानीय निर्वाचनमा सत्ता गठबन्धन मिलेर जाने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ

१० चैत्र, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो स्थानीय निर्वाचनमा सत्ता गठबन्धन मिलेर जाने बताउनुभएको छ ।

भरतपुरमा विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले आउँदो स्थानीय तहदेखि संघीय चुनाबसम्मै सत्ता साझेदार दलहरु मिलेर चुनाव लड्ने बताउनुभएको हो । स्थानीय चुनावमा गठबन्धन हुँदैन भनेर नेपाली कांग्रेसले कहिल्यै नभनेको र कांग्रेसका केही मान्छेले गठबन्धन हुन्न भन्नुको अर्थ नहुने उहाँको भनाइ थियो ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरमा काँग्रेसले रेणु दाहाललाई सघाएको थियो । यस पटक पनि भरतपुरको मेयरमा दाहाललाई नै दोहोर्‍याउने माओवादीको चाहना छ । माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण र नवनिर्मित कालोपत्रे बाटो एवं पुलहरुको उद्घाटनका लागि प्रचण्ड गृहजिल्ला चितवन आउनुभएको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार