माडी (स्थानीय) खबर पोष्ट

माडीस्थित कुसुमखोला नमुना चेपाङ बस्तीको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

१० चैत्र, चितवन । कुसुमखोलाबाट बिस्थापित भई माडी-९, राईडाँडामा बसोबास गरिरहेका चेपाङहरुको बस्तीका रुपमा परिचित कुसुमखोला नमुना चेपाङ बस्तीको उद्घाटन भएको छ ।

माडीका साँसद समेत रहनुभएका पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सो बस्तीमै पुगी उद्घाटन गर्नुभएको हो । उद्घाटनका लागि पुग्नुभएका प्रचण्ड सहितका नेताहरुलाई राईडाँडाबासीहरुले भव्य स्वागत गरेका थिए ।

माडीकै कुसुमखोला, भालुखोला र अन्य भित्री चेपाङ बस्तीहरुबाट बिस्थापित र स्थानान्तरित भई आएका चेपाङहरुका निम्ति सो स्थानमा निर्वाचन क्षेत्र विकास कोषबाट कुसुमखोला नमुना चेपाङ बस्ती कार्यक्रम अन्तरगत ४१ घरपरिवारको आवास निर्माण पुरा भएको छ । यसबाहेक छिमेकी समाज सेवा संस्थाबाट १८ र नगरपालिकाबाट थप १८ चेपाङ घरहरु निर्माणको चरणमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

ताजा समाचार