माडी (स्थानीय) खबर पोष्ट

पश्चिमी माडीको पाँचपाण्डव र गाेद्धक क्षेत्रमा पिसिसि वाल सहितको मेसजाली निर्माण सुरु

२३ चैत्र, चितवन । पश्चिमी माडीको पाँचपाण्डव र गाेद्धक क्षेत्रमा पिसिसि वाल सहितको मेसजाली निर्माण सुरु भएको छ ।

पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले १ करोड रुपैंया लागतमा चितवन राष्ट्रिय निकुञ्जको सीमामा पिसिसि (प्लेन सिमेन्ट क्रंकिट) वाल सहितको मेसजाली निर्माण सुरु गरेको हो । सो निर्माण परियोजनाको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले मंगलबार शिलान्यास गर्नुभयो ।

परियोजना अन्तरगत माडी-१ द्रौपतिनगरदेखि बनकट्टासम्म २ किलोमिटर मेसजाली निर्माण हुने र देउता खोलादेखि भीम मन्दिरसम्म ६३७ मिटर पि.सि.सि. वाल निर्माण हुने पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा बासुले जानकारी दिनुभयो । पिसिसि वाल सहितको मेसजाली निर्माणबाट बन्यजन्तुबाट हुने जनधनको क्षती रोक्न महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार