

माडी, चितवन । माडी नगरपालिका वडा नं. २ वडा कार्यालयले वडाभित्रका अशक्त, अपांग र बृद्धबृद्धाहरुलाई घरघरै पुगी उपचार सेवा दिने भएको छ ।

वडा समितिको बैठकले चालू आर्थिक बर्षको सुरुवातबाटै वडाभित्रका हरेक अशक्त, अपांग र बृद्धबृद्धाहरुलाई घरघरमै नियमित आधारभूत स्वास्थ्य सेवा एवं औषधी दिनलागेको हो ।

वडाका जनप्रतिनिधी एवं स्वास्थ्यकर्मीहरु घरघरमै पुगी स्वास्थ्य सेवा दिने लागिएको र यसका लागि बजेट एवं जनशक्तिको व्यवस्थापन भईसकेको वडाध्यक्ष दण्डपाणी पौडेलले जानकारी दिनुभयो ।
