देश-प्रदेश खबर पोष्ट

मध्यम गतिमा समुदायमा फैलिँदै गएको कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन । मध्यम गतिमा समुदायमा फैलिँदै गएको कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ ।

लामो अन्तरालपछि पूर्वी चितवनको खैरहनी नगरपालिकाका स्थायी बासिन्दा, ४७ वर्षीय एक पुरुष संक्रमितको कोरोनाका कारण ज्यान गएको हो । संक्रमणबाट गम्भीर बिरामी भएका उनको भरतपुर अस्पतालको आईसीयूमा उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

चितवनका सक्रिय संक्रमितको संख्या बढ्दै गई ८३ पुगेको छ । त्यसमध्ये अस्पतालको आइसोलेसनमा चार जना र होम आइसोलेशनमा ७९ जना रहेका छन् । माडी क्षेत्रमा समेत एकजनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार