

चितवन । कार्यभार सुरु गरेको १०० दिनको अवधीमा माडी २ का वडाध्यक्ष डण्डपाणी पौडेलले नगर कार्यपालिकाको प्रवक्ताको जिम्मेवारीसंगै वडाका विकास निर्माणमा पहलकदमी बढाउनुभएको छ ।
यस अवधीमा वडाभित्र सितलपुर हनुमानचोकबाट शहीदपार्क जाने बाटो निर्माण, भुत्याहा खोलामा ३९ वटा दोहोरो जाली भर्ने काम र वडाबासी बृद्धबृद्धाको घरमै पुगी स्वास्थ्य सेवा प्रवाह कार्य चलिरहेको वडाध्यक्ष पौडेलले जनाउनुभयो ।

त्यस्तै, सितलपुर, भुत्याहा खोला, भैरवपुर र आँपेटोल सुकुम्बासी बस्तीमा बोरिङ जडान कार्य, बाटोमा खाल्डाखुल्डी पुर्ने, २ वटा कल्र्भट निर्माण एवं वडाको १० किमी कालोपत्रेको योजना अगाडि बढेको उहाँको भनाई छ ।

यसबाहेक, वडा कार्यालय वरपर रहेका सुकुम्बासीहरुको घर निर्माण कार्यमा सहजिकरण र वडाभित्रका बिपन्न एवं अनाथ विद्यार्थीहरुलाई किताब कापी कलम वितरण कार्य समेत चलिरहेको उहाँले जनाउनुभयो ।